काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले आसन्न नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठले बिहीबार प्रेस विज्ञिप्तीमार्फत आफूले नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदमा उम्मेवारी दिने सार्वजनिक गरेका हुन् ।
ओलम्पिकक कमिटीको औपचारिक मिति सार्वजनिक नहुँदै निलेन्द्रराज श्रेष्ठको उम्मेदवारी घोषणाले ओलम्पिकमा नयाँ माहोल बन्न खोजेको देखिन्छ । श्रेष्ठ यसअघि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको प्यानलबाट महासचिवमा निर्वाचित भएका थिए ।
उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले उम्मेदवारीको प्राथमिकता पनि सार्वजनिक गरेका छन् । श्रेष्ठले नेपाली खेलकुदको समग्र विकास र खेलाडीहरुको हितमा काम गर्ने अन्तर्राष्ट्रिय स्तरमा खेलकुदलाई उचाईमा पुर्याउने उद्धेश्य रहेको बताएका छन् ।
‘यस घोषणासँगै, मेरो उद्देश्य नेपालको खेलकुद क्षेत्रको समग्र विकास, खेलाडीहरूको हितमा काम गर्ने, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुदलाई थप उचाइमा पुर्याउने हो।’