यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक रिजाल सम्मानित

<span class='c1'>यु-१९ महिला क्रिकेट टोलीका</span> <span class='c2'>मुख्य प्रशिक्षक रिजाल सम्मानित</span>

विराटनगर । ओडिसि क्रिकेट एकेडेमी विराटनगरले यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजाललाई सम्मान गरेको छ।

बिहीबार एक कार्यक्रमको बीच एकेडेमीका अध्यक्ष भानु भट्टराई,उपाध्यक्ष निरज दास,सचिव तुलसी यादवले रिजाललाई सम्मान- पत्र सहित खादाले सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्व रिजालले ओडिसि क्रिकेट एकेडेमीलाई समेत आवश्यकता सल्लाह,सुझाव र प्रशिक्षण दिदै आएको ओडिसि क्रिकेट एकेडेमी विराटनगरले जनाएको छ।

रिजाललाई नेपाल क्रिकेट संघ (क्यान)ले २०८१ भदौ ११ गते यु-१९ महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। उनको नेतृत्वमा महिला टि-२० विश्वकपको एसिया छनोटमा नेपालले ६ खेलमा ५ जित हासिल गर्दै विश्वकपको यात्रा तय गरेको छ। नेपालले यूएईलाई नेट रनरेटमा पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्