- ऋषि तिवारी
" ओइ भतिज भोट के मा हाल्छस् ? यसपाली त तेरो उमेरले पनि भ्याइ सकेछ ।"
" काका यो मेरो पहिलो चोटीको भोट हाल्ने अवसर पनि हो, म कसलाई भोट दिऊ ?"
भतिजको प्रश्न उल्टै म माथि तेर्सियो । "हेर, भतिज तेरो नेता चुन्ने अधिकार तेरै अधिकार हो। म कसरी भनौ, यसलाई दे उसलाई दे ?"
हामीले नेता चुनेर धेरै पठायौ । तर पनि देश अझै भुमरीमा फसिरहेको छ। हामी अज्ञानी थियौ भोट दियौं, जितायौ, उसले जितेर गयो । तर विकास गर्न फर्केर पनि आएन ।
तिमीहरु युवा पढेलेखेका युवाहरु हौ । राजनितिमा चासो राख्नु भन्दा पनि कुन नेता गतिलो छ, कसले देशलाई नयाँ उर्जा तथा विकास दिन्छ उसलाई जिताउन एक मत देऊ ।
जसले देश बनाउँछ उसलाई मेरो एक मत भन्ने धारणा राख ।
भतिज पनि राजनितिक भन्दा पनि पढ्नमा रुचि राख्ने एक कुशल बिधार्थी नै हो। ऊ उमेरको हिसाबले मतदाता भएको छ यसपाली देखि ! ऊ सोच्छ मैले भोट न हाल्दा के हुन्छ?
ऊ अलिक दिनदेखि पूर्ण रुपमा पुरै मतदाता हुन्छ अनि सोच्छ भोट किन चाहिएको रहेछ?
विराटनगर-६, ममता-मार्ग ।