आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

<span class='c1'>आजदेखि धरहरा चढ्दा</span> <span class='c2'>शुल्क लाग्ने</span>

काठमाडौँ । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ ।

परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो ।

धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ तोकिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।
उक्त प्रस्ताव स्वीकृत भएसँगै यही आइतबारदेखि धरहरा चढ्दा शुल्क लाग्ने मन्त्रालयले जनाएको हो । स्वदेशी नागरिकको हकमा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्