विराटनगर । विराटनगर ६ मा रहेको ग्रीन पिस स्कुलमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।
शनिबार ग्रीन पिस स्कुल र काठमाडौंस्थित कारखानाको सहकार्यमा आयोजित विज्ञान प्रदर्शनीमा ५०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा विद्यार्थीले राष्ट्रिय चिन्ह , हाउस डिजाइन , केमिकल रियाक्सन,ब्याट्री इनर्जी मार्फत लाइट बाल्ने, ह्याण्ड पङ्खा,र टियुवमा जनावर लगायतको प्रदर्शनी गरेको थियो। विद्यार्थीहरूको अन्वेषणमा थप टेवा पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको ग्रीन पिस स्कुलका प्रिन्सिपल मो हसिमले बताए। उनका अनुसार कक्षाकोठाको सिकाईलाई व्यवहारमा झल्काउन निकै जरुरी भएको कारण आगामी दिनमा यस्तो कार्यक्रम अझै गर्ने बताए।
आफूले नेपालको पूर्वपश्चिम कार्यक्रम गरिरहँदा पनि विराटनगरको विद्यार्थीको अझ बढी उत्सुकता भएको हुँदा कार्यक्रम फलदायक भएको कार्यक्रम संयोजक कारखानाको संयोग राजभण्डारीले बताए।