विराटनगरमा सडक सुरक्षाका लागि ‘लेन सेपरेटर’ जडान

<span class='c1'>विराटनगरमा सडक सुरक्षाका लागि</span> <span class='c2'>‘लेन सेपरेटर’ जडान</span>

इन्दु साह
विराटनगर । सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि विराटनगरको जलजला र तिनपौनी चौकमा' लेन सेपरेटर' जडान गरिएको छ ।

विराटनगर महानगरपालिकाले रातिको समयमा समेत देखिने खाले ' लेन सेपरेटर' जडान गरेको हो।

हालसम्म जलजला चौक र तिनपैनी चौकमा यी लेन सेपरेटरहरू जडान गरिएको विराटनगर महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए। आगामी दिनमा मुख्य सडकबाट भित्री सडकतर्फ जाने बाटोहरूमा समेत यस्तै संरचना राख्ने योजना रहेको उनले बताए । सडकमा नट प्रयोग गरी बलियोसँग जडान गरिएका यी लेन सेपरेटरहरुले सवारी साधनलाई ट्राफिक नियम पालना गर्न सहज हुने र दुर्घटना कम गर्न सहयोग पुर्‍याउने विराटनगर महानगरपालिकाले जनाएको छ।

सवारीसाधन र सर्वसाधारणबाट यी संरचनाको सुरक्षा र संरक्षण गर्नु चुनौतीपूर्ण रहेको नहर प्रहरी प्रमुख पौडेल बताउछन्। विराटनगर महानगरपालिकाको यो पहल सडक सुरक्षा र यातायात व्यवस्थापन सुधार गर्ने दिशामा एक सकारात्मक कदम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले बताए।

यसले ट्राफिक लाइट पालना गर्न अलमल परेका सवारी चालकहरूलाई समेत सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्