सुरक्षा कोष : १९ हजार बढी रोजगारदाता, ६८ अर्ब ६८ करोड योगदान रकम

<span class='c1'>सुरक्षा कोष : १९ हजार बढी रोजगारदाता,</span> <span class='c2'>६८ अर्ब ६८ करोड योगदान रकम</span>

काठमाडौं । सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन समेत भएको छ ।

कोष संचालनमा आएको सात बर्षमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत हुँदा कोशी प्रदेशका दुई हजार ९६, मधेशका एक हजार ६, बागमती प्रदेशका १३ हजार ५३०, गण्डकी प्रदेशका ९५०, लुम्बिनी प्रदेशका एक हजार ६३१, कणर्ाली प्रदेशका २६५ र सुदुर पश्चिमका २९१ रोजगारदाता सुचीकृत भएका हुन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका १२ लाख ५३ हजार ६१५ जना कोषमा आबद्ध भएका छन् । अनौपचारिक क्षेत्रका ३०७, स्वरोजगार २२७ जना कोषका आबद्ध भएको कोषको तथ्यांकमा उल्लेख छ । औषधी उपचा, स्वास्थ्य तथा मातृत्व तथा आश्रित परिवार सुरक्षा योजनामा चार अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ । वृद्ध अवस्था सुरक्षा योजनामा ५५ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । अतिरिक्त योगदानमा एक अर्ब १७ करोड जम्मा भएको छ ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत एक अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा योजना बापत कोषले १५ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

आश्रित परिवार सुरक्षा योजना वापत १८ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने वृद्ध अवस्था सुरक्षा योजना बापत कोषले नौ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको छ । कोषले एक लाख ८० हजार ९२२ योगदानकर्तालाई पाँच लाख ५७७ पटक दाबी भुक्तानी गरेको छ । सरकारले २०७५ मंसिर ११ गतेदेखि कोषका औपचारिक सुरुवात गरेको हो । मंगलबार कोषले आफ्नो स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्