विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचौकमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सरकारले सम्मान गरेको छ ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विराट अस्पताल सम्मानित भएको हो।
आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरु मध्येबाट उत्कृष्ट र सबैभन्दा बढी सेवा प्रवाह गरेको भन्दै विराट मेडिकल शिक्षण अस्पताललाई सम्मान प्रदान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषले ७ औं सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराट मेडिकल शिक्षण अस्पतालका सिईओ डिनिस कार्कीलाई सम्मानपत्र प्रदान गरे ।
सामाजिक सुरक्षा कोषमा सूचिकृत भई आर्थिक वर्ष २०८०/०८१ मा योगदानकर्तालाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मध्ये विराट मेडिकल उत्कृष्ट बनेको छ ।