धितोपत्र बोर्डका अध्यक्षले गरे सपथ ग्रहण

<span class='c1'>धितोपत्र बोर्डका अध्यक्षले</span> <span class='c2'>गरे सपथ ग्रहण</span>

काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मंगलबार साँझ अर्थमन्त्री बिष्णु पौडेलले नव नियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि श्रेष्ठले लगानीकर्ताको सुरक्षाको लागि काम गर्नु नै प्राथमिकताको कुरा भएको बताएका छन् ।

उनले भने, ‘बजार बिस्तारका लागि अवसरहरु धेरै छन । हामीले यहाँको क्यापिटल मार्केटको पूर्ण रुपले सदुपयोग गरेकै छैनौ । प्रोडक्ट्सकै हिसाबले हेर्दा पनि धेरै नै प्रोडक्ट्सहरु उपलब्ध छन । पूजीँ बजारको सिद्धान्तबाट हेर्दा आर्थिक विकासमा यसलाई मजाले प्रयोग गर्न सकिन्छ भन्ने कुरामा मेरो ध्यान जान्छ। अनि अहिलेलाई लगानीकर्ताको सुरक्षा नै पहिलो प्राथमिकता हो ।’

अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका नव नियुक्त अध्यक्षले बोर्ड गएर कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । धितोपत्र बोर्डले एघार महिनापछि अध्यक्ष पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्