विराटनगर । विराटनगर किंग्सको खेल हेर्न जाने समर्थकलाई वान प्लस यातायात सेवा प्रालिले २५ देखी ३० प्रतिशतसम्म बस टिकटको लागि छुट दिने भएको छ ।
यही मंसिर १५ गतेबाट काठमाडौं त्रिवि खेल मैदानमा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल हेर्न जाने समर्थकलाई छुट दिने भएको हो ।
खेलमा विराटनगरको टिम विराटनगर किंग्स पनि सहभागी हुदैछ । विराटनगरको किंग्सलाई सर्पोट गर्न जाने कोशी प्रदेशका क्रिकेट खेल प्रेमीलाई वान प्लस यातायात प्रालीले टिकट वापत २५ देखी ३० प्रतिशतसम्म छुट दिईएको जनाएको छ । पुर्वबाट पहिलोपटक सुतेर जानको लागि विराटनगर, काकरभिट्टा, धरान , इटहरीबाट वान प्लस यातायात प्रालिले यात्रुहरुलाई सुविधायुक्त बस ल्याएको छ । विशेषगरी विराटनगर किंग्सको कुनै पनि खेल हेर्न जाने र आउनेको लागि यो छुट ल्याएको वान प्लस यातायातका संचालन समितिका अध्यक्ष भीम अधिकारीले जानकारी दिए ।
खेल हेर्न जानुभन्दा अगाडी टिकट काउन्टरमा एनपिएलको टिकट देखाएपछि टिकट काउन्टरले यात्रुलाई स्लिपर सिटमा ३० र भिआईपी सोफा सिटमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ। उनीहरूबीचको खेल मंसिर १५ गते अपराह्न १२:१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।