विराटनगरका सेवाप्रवाह कार्यालयमा स्तनपान कक्ष बनाउँदै महानगरपालिका

<span class='c1'>विराटनगरका सेवाप्रवाह कार्यालयमा स्तनपान</span> <span class='c2'>कक्ष बनाउँदै महानगरपालिका</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ ।

बसर्पाक र महानगरपालिका परीसर भित्र गरी जम्मा दुई स्थानमा महानगरपालिकाले स्तनपान कक्ष तयार गरेको हो ।

स्तनपान कक्ष बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पर्दछ । महानगरपालिकाका स्वाथ्य शाखा प्रमुख दिलिप यादवका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा पनि बनाउने पहल भईरहेको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले भएको स्तनपान कक्ष व्यवस्थित नभएकोले पुनः व्यवस्थित तवरले बनाउन पहल भईरहेको यादवको भनाई छ ।

स्तनपान कक्षको आवश्यकता सार्वजनिक स्थलमा मात्र नभई बढी चाप हुने हरेक स्थानमा हुन्छ । विराटनगर विमानस्थलमा समेत स्तनपान कक्ष बनाईएको छ । सार्वजानिक कार्यालयहरुलाई महिलामैत्री बनाउने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको हो । साथै बालबालिकाको हकहित र बालबालिकालाई पर्याप्त पोषण दिलाउनको लागि यसको आवश्यकता रहेको छ ।

पर्याप्त पोषणको कमी भए बाल विकासमा समस्या हुने भएकोले यस्तो प्रकारको कक्ष स्थापनामा जोड दिएको हो। साथै स्तनपान कक्ष हुदा आमाहरुले आरामले बच्चालाई स्तनपान गराउन सक्छन् । बाहिर खुल्लामा स्तनपान गराउन असहज मान्ने आमाहरुले पनि स्तनपान कक्षमा सहज हुने भएको हो । प्राय: जसो सेवाग्राहीको बढी चाप हुने कार्यालयमा स्तनपान कक्षको आवश्यकता हुन्छ । कुनै पनि कार्यालयमा कार्य विशेषले आमा जानुपनर्दा दुधेवालकलाई साथै लगेका हुनछन् । यदि ती आमा लामो समयसम्म त्यहीँ कार्यालयमा बस्नुपर्दा बालक लामोसमयसम्म भोको बस्न सक्दैनन् । जसले गर्दा आमाले निश्चित समयभित्र बालकलाई स्तनपान गराउनु पर्ने अवस्था हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्