विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका एक सय ११ जना विद्यार्थी दिक्षित भएका छन् ।
कलेजले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी बिबिएस, बिएचम, बिसिए, बिएससी सिएसआइटीका विद्यार्थीलाई दिक्षित गरेको हो ।
दिक्षित भएका विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजु थपलिया, कलेज प्रमुख भरत सापकोटो, निर्देशकहरु प्राडा प्रमोद कुमार झा, भेषराज शर्मा खतिवडा, शैलेन्द्र शिवाकोटी, ज्ञानबहादुर खड्कालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
बिबिएस, बिएचम, बिसिए, बिएससी सिएसआइटीको सेमिस्टर अध्ययन पूरा गरी उत्तिर्ण भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको कलेज प्रमुख सापकोटाले बताए । उनले देशको लागि दक्ष जनशक्ति हिमालय दर्शन कलेजले उत्पादन गरेको बताए । गुणस्तरीय शिक्षासँगै कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजु थपलियाले गुणस्तरीय शिक्षासँगै अहिलेको आवश्यकता प्रवधियुक्त शिक्षा रहेको बताए । सोही अवसरमा कलेज विभिन्न संकायमा टप गर्ने विद्यार्थीहरुलाई नगदसहित सम्मान पनि गरेको छ । कलेजले आठौं सेमिस्टकार टपरहरु बिएससी सिएसआइटीकी प्रतिभा कुमारी चौधरी, बीएचएमका दिपेन्द्र अधिकारी र बीआइएमकी पुजा पाण्डेलाई नगदसहित सम्मान गरियो ।
त्यसैगरी उत्कृष्ट विद्यार्थीहरु बीएससी सिएसआइटीका ममता कुमारी माझी थारु, बीसिएका सिवानी साह, बीआइएमका मेनुका थान्दार रबीएचएमका देब बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । साथै हिमालय दर्शन कलेज र डिजिटल तराईबीच सम्झौता भएको छ ।