मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित

<span class='c1'>मलेसियामा बाढीका कारण ८०</span> <span class='c2'>हजारभन्दा बढी विस्थापित</span>

कोलालम्पुर, मलेसिया । मलेसियाका धेरै राज्यहरूमा भारी वर्षापछि आएको बाढीले कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ८० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

राष्ट्रिय विपद् कमान्ड सेन्टरका अनुसार यस हप्ता ८० हजार ५८९ बासिन्दालाई सात वटा राज्यका ४६७ वटा अस्थायी आश्रयमा सारिएको छ । बाढीका कारण उत्तरपूर्वी केलान्टान राज्य र तेरेङ्गानु सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रभावित राज्यहरूमा केलान्टानमा उद्धार कार्यमा सहयोग गर्न खोजी र उद्धार टोली परिचालन गरिएको विपद् केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

लामो समयसम्म परेको भारी वर्षा शनिबारसम्म देशव्यापी हुने पूर्वानुमान गरिएको मौसम विभागका प्रवक्ताले बताउनुभएको छ ।

नोभेम्बरदेखि मार्चसम्म भारी वर्षा ल्याउने उत्तरपूर्वी मनसुनका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रमा बाढी नियमित वार्षिक दुर्घटनाजस्तै बनेको छ ।

बर्नामा समाचार एजेन्सीका अनुसार उपप्रधानमन्त्री अहमद जहिद हामिदीले बिहीबार बाढी “सन् २०१४ को भन्दा पनि गम्भीर हुने अपेक्षा गरिएको बताएउनुभएको छ ।

बाढी प्रभावित राज्यहरूमा उद्धारका लागि डुङ्गा, चार पाङ्ग्रे सवारी साधन , हेलिकप्टरसहित हजारौँ आपतकालीन सेवाका कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्