आँधीबेरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग

<span class='c1'>आँधीबेरी र शक्तिशाली हावाका</span> <span class='c2'>कारण प्यालेस्टाइनीहरूको विजोग</span>

एजेन्सी । आँधीबेरी र शक्तिशाली हावाका कारण दक्षिणी गाजापट्टीमा विस्थापित प्यालेस्टाइनीहरूको अवस्था नाजुक भएको छ । विस्थापितहरुको दशौं हजार पालहरु उडाएको छ ।

सबैभन्दा ठूलो आँधीबेरी र शक्तिशाली हावाले उक्त क्षेत्र प्रभावित छ । हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयका अनुसार अलमवासी शिविरमा रहेका करिब १० हजार पालहरू समुद्री उछालबाट बगेको र क्षतिग्रस्त भएका हुन् ।

सन् २०२३ को अक्टोबरबाट सुरु भएको इजरायली–प्यालेस्टिनी द्वन्द्वको पछिल्लो चरणमा १० हजार व्यक्तिहरु विस्थापित छन् । धेरैजसो विस्थापितहरु समुद्री किनारामा जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका छन् । स्थानीय बासिन्दाले चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) विस्थापितहरुलाई चिसोबाट बच्न पर्याप्त सामग्री र जाडोबाट बच्नका लागि पर्याप्त सामग्रीहरु छैनन् ।

जाडोको आगमनसँगै गाजाको तापक्रम घट्दै गएको छ, वर्षा र हावाको दिन बढ्दै गएको छ। विस्थापित मानिसहरूलाई बस्ने १ लाख ३५ हजार पालमध्ये ८१ प्रतिशत नराम्ररी क्षति पुगेको छ । इजरायलले गाजामा आवश्यक पालहरू र मोबाइल घरहरू वितरणमा रोक लगाएका कारण थप कठिनाइ भएको छ । (-सीसीटिभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्