विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीलाई जीव विज्ञान सम्बन्धी अध्ययन तथा अवलोकन भ्रमण

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीलाई जीव विज्ञान</span> <span class='c2'>सम्बन्धी अध्ययन तथा अवलोकन भ्रमण</span>

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विद्यार्थीहरुलाई जीव विज्ञान सम्बन्धी स्थलगत अध्ययन तथा अवलोकन भ्रमण गर्न लगेको छ ।मोरङको लेटाङस्थित चिसाङ खोलामा कक्षा ११ मा जीव विज्ञान विषय लिएर अध्ययनरत छ सय जना विद्यार्थीहरुका लागि एक दिवसीय स्थलगत अध्ययन/अवलोकन भ्रमण गराएको हो ।विद्यार्थीहरुले लेटाङ नगरपालिकामा रहेको चिसाङ र मुर्चुङ्गी खोला क्षेत्रमा रहेका जैविक विविधता तथा वातावरणीय अवस्थाको अध्ययन गरेका छन् । त्यहाँको प्रकृतिमा उपलब्ध वनस्पतिहरुका नमुना समेत सङ्कलन गरी ल्याएका छन् । उनीहरुले हर्वेरियम तयार गरी राख्नेछन् । विद्यार्थीले शिक्षकहरुको सहजीकरणमा मुर्चङ्गी नदी र आसपासमा पाइएका जंगली जनावरहरुको विवरण पनि अध्ययन गरेका छन् । चुरे क्षेत्रमा भएको भूक्षय, बाढीको वितण्डालगायत त्यहाँको वातावरणमा प्रभाव पार्ने तत्वहरुको जानकारी लिएका छन् ।स्थलगत अध्ययन, अवलोकनको प्रतिवेदन पनि विद्यार्थीले त्यहाँ प्रस्तुत गरेका थिए । विद्यार्थी सिरिन भट्टराई, ज्योति यादव, निशान्त खड्का, नेन्सी साह, प्रगति अधिकारी र नितेश सिंहले प्रतिवेदन प्रस्तुत गर्दै चिसाङ नदी आसपासमा पाइने जैविक विविधता र प्राकृतिक स्वरुपको बारेमा बताएका थिए । प्रस्तुतिकरणको कार्यक्रम वनस्पति विज्ञानका शिक्षक डा.ललितनारायण मण्डलले सहजीकरण गरेका थिए।पाठ्यक्रममा उल्लेख गरेअनुसार कलेजले विद्यार्थीहरुलाई स्थलगत भ्रमणमा लगिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । यो शैक्षिक भ्रमण पढाइ सिकाइ मात्र नभएर मनोरञ्जनका साथै विद्यार्थी र शिक्षकहरुको सामिप्यता बढाउने माध्यम तथा विद्यार्थीमा रहेको प्रतिभा प्रर्दशनीको थलो रहेको खड्काले बताए । प्राकृृतिक विज्ञानका कुराहरुलाई कक्षाकोठाभित्र सिकाएर पूर्ण नहुने तर यस किसिमका स्थलगत अध्ययन भ्रमणबाट विद्यार्थीले प्रकृति र प्राकृतिक विज्ञान राम्ररी बुझ्ने जीव विज्ञानका शिक्षक रामचन्द्र अधिकारीले जानकारी दिए । विज्ञानलाई व्यवहारिक रुपमा कसरी प्रयोग भएको हुन्छ भन्ने विषयमा पनि विद्यार्थीहरुलाईको निम्ती यसको खालको अध्ययन तथा अवलोकन आश्वयक रहेको अधिकारीले बताए ।स्थलगत सिकाइलाई थप प्रभावकारी बनाउन शिक्षादीप कलेजले हरेक वर्ष नयाँ आयमहरु थप्दै थप प्रभाकारी बनाउँदै लगिने प्रिन्सिपल खड्काले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्