विश्व एड्स दिवसमा विराटनगर महानगरको नेतृत्वमा प्रभातफेरी

<span class='c1'>विश्व एड्स दिवसमा विराटनगर</span> <span class='c2'>महानगरको नेतृत्वमा प्रभातफेरी</span>

विराटनगर । विश्व एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको नेतृत्वमा आइतबार प्रभातफेरी निकालिएको छ ।

महानगर परिसरबाट सुरु भएको प्रभातफेरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर नागेश कोइरालाले एचआइभी एड्सको जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । महानगरले एचआइभी एड्सजस्ता घातक रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेर काम गरिरहेको उहाँले सुनाउनुभयो ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक ज्ञानबहादुर बस्नेत, महानगरका स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, एएचएफ नेपालका केशव बजगाईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । महानगरको नेतृत्वमा भएको प्रभातफेरीमा परिवर्तनशील समाज, एएमडीए नेपाल, रिकोभरिङ नेपाल, स्पर्श नेपाल, रिचमण्ड फेलोसिप मोरङलगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्