विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो ।
दुई दिनसम्म संचालन भएको तालिममा मोरङ जिल्लाका ४५ जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको निमार्ण व्यवसायी संघ मोरङका अध्यक्ष महेश कुमार मिश्रले जानकारी दिए । निमार्ण व्यवसायीहरुलाई ठेक्का लिदा सहजिकरण गर्ने उद्देश्यले देशभरीको ७७ वटै जिल्लामा तालिम सुरु गरिएको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय महासचिव रोशन दाहालले जानकारी दिए ।
उनले निर्माण कार्य सुरु गरेदेखि काम सम्पन्न नगरुन्जेलसम्मबिचको अवधिमा झेल्नुपर्ने समस्या र कानुनी अड्चनको समस्या सावधान गर्ने उद्देश्यले व्यवसायीहरुलाई तालिम दिएको बताए ।
प्राध्यापक डा। राजेन्द्र अधिकारीले निर्माण आयोजना व्यवस्थापन सम्बन्धमा निर्माण व्यवसायीहरूलाई तालिमको सहजीकरण गरेका थिए ।