दोस्रो संस्करणको अन्तर स्कुल रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा डिपिएस स्कुल प्रवेश

<span class='c1'>दोस्रो संस्करणको अन्तर स्कुल रनिङ्ग शिल्ड</span> <span class='c2'>फुटबल प्रतियोगिताको सेमिफाइनलमा डिपिएस स्कुल प्रवेश</span>

विराटनगर । दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरले आयोजना गरेको दोस्रो संस्करणको अन्तर विद्यालय डिपिएस रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोली डिपिएस स्कुल प्रवेश गरेको छ।

मंसिर १३ गतेदेखि सुरु भएको यस प्रतियोगितामा डिपिएस स्कुलले गोदावारी स्कुललाई २-० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। विजयी टोलीका लागि जर्सी नम्बर १७ का अमन खवासले दुवै गोल गरे। खेलको म्यान अफ द म्याच गोदावारी स्कुलका यजन राईले हात पारे।

विराटनगर महानगरपालिका क्षेत्रभित्रका १२ निजी विद्यालयहरू सहभागी यस प्रतियोगितामा लिलिपुट, डनबस्को, सगरमाथा, विकेभिएम, कोशी विद्या मन्दिर, अरनिको, सनसाइन, अर्पण, मोडर्न एरा र सेन्ट जोसेफ स्कुल सहभागी छन्।

कार्यक्रम संयोजक सुमित डङ्गोलका अनुसार सबै खेलहरू विराटनगर-५ स्थित विद्यालयको खेल मैदानमा आयोजना भइरहेका छन्। प्रत्येक खेल ५० मिनेटको हुने र विजेता टोलीलाई शिल्ड,नगद तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। प्रतियोगिताको फाइनल खेल आगामी मंसिर २१ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्