टंकिसिनुवारीमा दुर्घटनामा परेका मोटरसाइकल चालकको उपचारकाक्रममा मृत्यु

<span class='c1'>टंकिसिनुवारीमा दुर्घटनामा परेका मोटरसाइकल</span> <span class='c2'>चालकको उपचारकाक्रममा मृत्यु</span>

मोरङ, माघ ५

मोरङको टंकिसिनुवारीमा मंगलबार राती मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालक सुनसरी सोनापुर बस्ने अन्दाजी ३२ वर्षिय श्रीप्रसाद विश्वासको उपचारकाक्रममा बुधबार विहान मृत्यु भएको छ।

को ११ प ४७११ नम्बरको मोटरसाइकलमा सवार विश्वास मंगलबार राती ९ बजेतिर टंकिसिनुवारी ७ मा दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारकालागी विराट नर्सिङ होम ल्याइएको थियो।

यता पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको पथरी-शनिश्‍चरे नगरपालिका ३ जयचौकमा बुधबार बिहान को ६ प ८४१२ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री सोही नगरपालिका २ बस्ने ५० वर्षिय देवीप्रसाद पौडेल घाइते भएका छन।

घाइतको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्