विराट फेसन फेस्टको अडिसन सम्पन्न

विराट फेसन फेस्टको अडिसन सम्पन्न

विराटनगर माघ ९ ,
जुनजेली बुटिक बिराटनगरको आयोजनामा फागुन ३ (भेलेन्टाइन डे) को अवसरमा "विराट फेसन फेस्ट २०१७" हुने भएको छ । उक्त फेसन शो को लागि शनिबार विराटनगरमा मोडलहरुको लागि अडिसन सम्पन्न भएको छ ।विराटनगरको एसियाटिक होटलमा सम्पन्न उक्त अडिसनबाट छानिएका मोडलहरुले उक्त कार्यक्रममा प्रस्तुति दिने कार्यक्रमकि को-अर्डिनेट मनिसा कार्कीले जानकारी दिइन । अडिसनमा कार्यक्रमकि अफिसियल कोरीयोग्राफर सिमा कर्ण , करिज्मेटिक एड्भान्टेजका अम्लेस कर्ण , जुनजेली बुटिककी निर्देशक सुनिता उप्रेती , मेकअप आर्टिस रक्तिम जोशी तथा ओबि मिडिया प्रालिका निर्देशक बिबेक दाहालले निर्णायकको भुमिका निभाएका थिए । कार्यक्रममा चर्चित कलाकारहरुको समेत प्रस्तुति हुने को-अर्डिनेटर कार्कीले जानकारी दिइन । कार्यक्रमको संचालन मधु खतिवडाले गरेकी थिइन् ।

16237568_1266864530034596_848848752_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्