विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला प्रचारप्रसार विभागगको प्रमुखको जिम्मेवारी पर्शु सुवेदीलाई दिएको छ । राप्रपा जिल्ला कार्य समितिको मंसिर २३ गतेको बैठकबाट सुवेदीलाई विभाग प्रमुख दिईने निर्णय गरेको हो ।
राप्रपा मोरङका अध्यक्ष गोपाल क्षेत्री कटुवालले बेलबारी २ निवासी सुवेदीलाई विभाग प्रमुखमा मनोनित गरेका हुन् ।
हक्की स्वभावका सुवेदीले पुर्व पत्रकार समेत हुन् । उनी राजतन्त्र र हिन्दुराष्ट्र फर्काउनु पर्ने पक्षमा खरो वकालत गर्दै आएका छन् । सुवेदी युवा परिचालनमा समेत निक्कै सशक्त रुपमा भूमिका निर्वाह गर्ने क्षमता समेत राख्दछन् ।