आयोजक डिपिएसद्वारा दोस्रो रनिङ शिल्ड फुटबल उपाधि जित

<span class='c1'>आयोजक डिपिएसद्वारा दोस्रो रनिङ</span> <span class='c2'>शिल्ड फुटबल उपाधि जित</span>

विराटनगर । दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरले आफैले आयोजना गरेको दोस्रो डिपिएस रनिङ शिल्ड अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।

आयोजक स्कुलको खेल मैदानमा सम्पन्न फाइनल खेलमा डिपिएसले सनसाइन सेकेण्डरी स्कुललाई २-१ गोलले पराजित गर्‍यो।

विराटनगर महानगरपालिका क्षेत्रभित्रका १२ निजी विद्यालय सहभागी यस प्रतियोगितामा डिपिएसले सेमिफाइनलमा अर्पन इङ्लिस स्कुललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने सनसाइनले मोडर्न एरा स्कुललाई पराजित गरी फाइनल प्रवेश गरेको थियो। उक्त प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले गरेका थिए।

विजेता डिपिएसले नगद रु. १० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता सनसाइनले नगद रु. ७ हजार, शिल्ड र प्रमाणपत्र हात पार्‍यो। विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विजेता टिमलाई पुरस्कार वितरण गरिन्। प्रतियोगिताको फाइनल खेलमा विराटनगर महानगरपालिका ४ का वडाध्यक्ष जितेन थापा,जिल्ला फुटबल संघ पदाधिकारी लगायतको उपस्थिती रहेको थियो।

प्रतियोगितामा डिपिएसका खेलाडीहरूले विभिन्न व्यक्तिगत पुरस्कार समेत हात पारे। रुद्र माझी म्यान अफ द म्याच घोषित भए भने अनुराग पोद्दार उत्कृष्ट खेलाडी, इमान खवास सर्वाधिक गोलकर्ता, ईशान धिमाल उत्कृष्ट गोलकिपर, जेनिल विष्ट उत्कृष्ट मिडफिल्डर र प्रज्ञान घिमिरे उत्कृष्ट डिफेन्डर चुनिए। आयुष सहनीले इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको पुरस्कार जिते।

गोदावरी स्कुलले फेयर प्ले ट्रफी हात पार्‍यो भने डिपिएस स्कुलका सुमित डंगोल उत्कृष्ट प्रशिक्षक घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्