पहिलो पटक नेपाल र भारतमा संयुक्त कार र्याली हुने

<span class='c1'>पहिलो पटक नेपाल र भारतमा</span> <span class='c2'>संयुक्त कार र्याली हुने</span>

प्रेम देवान
विराटनगर १० माघ । पहिलो पल्ट नेपाल र भारतमा संयुत रुपमा कार र्यालीको आयोजना हुने भएको छ ।
विराटनगरदेखि भारतको सिलीगुडीसम्मको प्रथम इन्डो नेपाल कार र्याली आयोजना हुन लागेको हो ।
सिलिगुडी लायन्स क्लव आफ सिलिगुडी ग्रेटर फिमिनाको आयोजना एव लायन्स क्लव अफ डिस्ट्रीक ३२५ ए वान नेपालको संयोजनमा माघ–१६ गते आइतवारका दिन कार याली हुन लागेको हो ।
आयोजक दवै संस्थाले सोमबार सयुक्त रुपमा विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगितात्मक कार ¥याली आयोजना हुन लागेको जानकारी दिएको हो ।
इन्डो नेपाल कार याली प्रतियोगिताको कार्यक्रम संयोजक राजन खत्रीले पहिलो पल्ट हुन लागेको कार ¥यालीका लागि ४० जना महिला चालक प्रतिस्पर्धामा उत्रिने वताए । त्यसमध्ये नेपालको तर्फवाट ६ जना महिलाको सहभागिता रहने वताइएको छ ।
सिलिगुडीको सिटी सेन्टरवाट शुरु हुने कार ¥याली काकडभिट्टा ,दकम,उर्लाबारी रंगेली विराटनगर रुट तय गरिएको छ ।
प्रतियोगितामा १ सय ३९ किलो मिटर दुरी पार गरी विराटनगरमा आएर समापन हुने वताइएको छ । कार ¥याली प्रतियोगितामा प्रथम,द्धतिय र तृतिय हुनेले क्रमश भारतीय रुपैया ५० हजार २५ हजार र १० हजार प्राप्त हुने छ । पत्रकार सम्मेलनमा वोल्दै लायन्स क्लव डिस्ट्रीक ३२५ एवन नेपालका फस्ट भाइस डिस्ट्रीक गर्भनर लिलाकुमार ढुंगेल, सिलिगुडी लायन्स क्लवका लायन पिके साह, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्टले दुवै देश विच हुन लागेको कार ¥यालीले दइदेशको भाइचाराको सम्वन्धमा थप वृद्धि हुने वताउनुभयो ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्