ग्यास विक्रेता संघ मोरङद्वारा ग्यास सिलिण्डरमा ५ प्रतिशत कमिशन वृद्धिगर्न माग

<span class='c1'>ग्यास विक्रेता संघ मोरङद्वारा ग्यास सिलिण्डरमा</span> <span class='c2'>५ प्रतिशत कमिशन वृद्धिगर्न माग</span>

विराटनगर १० माघ ।
एलपी ग्यास विक्रेता संघ मोरङले कमिशन वृद्धिको माग गरेको छ । ग्यास विक्रेता संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरी एउटा ग्यास सिलिण्डरमा ५ प्रतिशत कमिशन वृद्धिगर्न माग गरेको हो ।
दशककौ देखी ग्यासको मुल्यमा वृद्धि हुदै आएपनी लामो समयदेखी दिदै आएको कमिशनमा भने वृद्धि नभएको भन्दै कमिशन वृद्धिको माग गरिएको ग्यास विक्रेतासंघ मोरङका अध्यक्ष विकाश लालवानीले पत्रकार सम्मेलनमा बताए ।
६ सय देखी सुरु गरीको मुल्य १३ सय हुदै १४ सय रुपैयासम्म ग्यासको सिलिण्डरको मुल्य पुगिसक्दा पनि हाल पहिलेकै प्रति सिलिण्डर ३५ रुपैया कमिशन कायम रहेकाले त्यसालाई वृद्धिगर्न माग गरिएको संघका केन्द्रिय सदस्य चिरंन्जीवी अधिकारीले बताए ।
संघले अहिले २ प्रतिशत कमिशन लिने गरेकोमा त्यसलाई वढाएर ५ प्रतिशत पु¥याउन आग्रह गरेको छ । संघले ग्यासमा लगाउदै आएको भ्याट समेत हटाउन आग्रह गरेको छ ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्