बरगाछीमा मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते

<span class='c1'>बरगाछीमा मोटरसाइकल आपसमा ठोक्किदा</span> <span class='c2'>चार जना घाइते</span>

बिराटनगर माघ ११ , मोरङको विराटनगर स्थित बरगाछीमा को १६ प ९१७७ नम्बरको मोटरसाइकल र BR11Z 1660 नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्।

घाइते हुनेमा भारतीय मोटरसाइकल चालक भारत लकितराई-५ बस्ने २४ बर्षिय हर्जे सिँह, पछाडी सवार भारत समस्तिपुर-६ बस्ने २३ बर्षिय भन्गेश कुमार र ९१७७ का चालक मोरङको रंगेली-२ बस्ने २५ बर्षिय असाद आलम पछाडी सवार बिराटनगर-७ बस्ने २२ की सविस्ता खातुन रहेकी छिन्।

दुर्घटनामा घाइते चारैजनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
यता मोरङकै सिद्रा-८ स्थित विराटनगरबाट-बिराटचौक सडक खण्डमा को २७ प १०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी ३६ बर्षिय मञ्जु चौधरी घाइते भएकी छिन्।

दुर्घटनामा मोटरसाइकल चालक झोराहाट-३ का २५ बर्षिय अक्ष्या सरदार समेत घाईते भएका छन्। घाइते दुवैको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी चौकी झोराहाटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्