बिराटनगरमा जारी क्रिकेटमा विनायकलाई सफलता

<span class='c1'>बिराटनगरमा जारी क्रिकेटमा</span> <span class='c2'>विनायकलाई सफलता</span>

विराटनगर, माघ ११,  विराटनगरमा जारी विष्णु माझि मेमोरियल २०—२० क्रिकेट प्रतियोगिताको  सोमबार भएको खेलमा विनायक सेकेन्डेरी स्कूल विजयी भएको छ ।
जहदा क्रिकेट क्लब विराटनगरको आयोजनामा भएको खेलमा विनायक स्कूलले ग्यालेक्सी पब्लिक स्कूललाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर व्याटिङ गरेको ग्यालेक्सीले निर्धारित २० ओभरको खेलमा १३ दशमलव २ बलमा सबै विकेट गुमाउदै ७८ रनको योगफल तयार पारेको थियो । ग्यालेक्सीका चन्दन पाण्डेले १८,रोहित भगतले १७ र प्रकाश थापाले १२ रनको योगदान दिए । विनायकका अमित रायले २ ओभरमा ४ रन दिएर ४ विकेट , सुमन कुमार मन्डलले ३ विकेट र भानु राजवंशीले २ विकेट लिएका छन् ।
जवाफमा ७८ रनको विजय लक्ष्य पछ्याएको विनायकले ७ दशमलव ५ बलमा ३ विकेट गुमाई आवश्यक लक्ष्य पार गरेको थियो । विनायकका भानु राजवंशीले नट आउट २४ र अरविन्द यादव र आशुतोष झाले १७–१७ रन बनाएका थिए । ग्यालेक्सीका जिसनवाल हकले २ विकेट लिए । खेलको म्यानअफ द म्याच विनायकका अमित राय घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्