विराटनगरमा ढुवानीले बढाउँछ टमाटरको भाउ

<span class='c1'>विराटनगरमा ढुवानीले बढाउँछ</span> <span class='c2'>टमाटरको भाउ</span>

इशु पन्त
विराटनगर । विराटनगर आसपास टमाटर उत्पादन कम छ । उपभोक्ताको माग अनुसार छोटो दुरीमा टमाटर उत्पादन नहुँदा दाङ्गबाट व्यापारीले मगाउँने गरेका छन् । दाङ्गमा लोड भएको गाडी तीनदिनपछि मात्रै विराटनगर आईपुग्छ । दाङ्गमा खरिद गरेको टमाटर यहाँसम्म ल्याउँदा ढुवानी महंगो पर्ने भएकोले विराटनगरमा त्यसको मूल्य बढी पर्ने गरेको गौरी शंखर ट्रृडिङ्गका गौरी भगत बताउँछन् ।

विराटनगरको नयाँ गुद्रीमा मात्रै तरकारीका २५ होलसेलर छन् । उनीहरुले विराटनगरका लागि आवश्यक पर्ने सबै किसिमका तरकारी भित्र्याउँदै आएका छन् । थोक बिक्रेताले भित्र्याएको तरकारी खुद्रा बिक्रेकतासम्म पुगेर उपभोक्ताको भान्सामा भित्रन्छ । विराटनगरबाट धरानमा समेट टमाटर पठाउने सिजन आउने गरेको भगतको दावी छ । धरानमा कोशी पहाडी क्षेत्रबाट आउने टमाटर प्रशस्त भएपनि जाडोयाममा सितका कारण उत्पादन कम हुन्छ । हुस्सु र सितबाट जोगाउन नसक्ने भएपछि धरानमा टमाटर आउँदैन, त्यसको विकल्पमा विराटनगरको सब्जिमण्डिबाट टमाटर जाने गरेको हो ।

भगतका अनुसार प्रत्येक बुधबार दश हजार केजी टमाटर उनले दाङ्गबाट ल्याउने गरेका छन् । तर, लामो दुरीबाट ल्याउने टमाटर आधा बिग्रेको हुने उनले बताए । लामो दुरी त्यसमा पनि आधा बिग्रने गरेका कारण मूल्य बढी पर्ने उनले बताए । तर, दाङ्गबाट आउने टमाटर अन्य स्थानको भन्दा मुलायम र स्वादिलो हुने गरेको उनको भनाई छ ।

अहिले बजारमा ५० देखि ६० रुपैँया प्रतिकेजी टमाटर बिक्री भईरहेको छ । टमाटर बाहेकका हरियो तरकारी भने स्थानीय उत्पादानले धान्ने गरेको छ । सिबी कोसा भने अहिले भारतबाट आउने गरेको छ । उनका अनुसार काकडभिट्टा नाका हुँदै सिबी आउने गरेको हो । तरकारी चाँडै बिग्रने गरेका कारण भनेजस्तो मुनाफा नहुने उनी बताउँछन् । बिग्रिएर कामै नलाग्ने अवस्था बाहेक अलिअलि बिग्रेको तरकारी सस्तोमा किन्नेहरुले लाने गरेको उनले बताए । कतिपयले घरपालुवा चौपायालाई खुवाउन समेत बिग्रिएको तरकारी लाने गरेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2