विराटनगरको कान्तिपुर कलेजद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

<span class='c1'>विराटनगरको कान्तिपुर कलेजद्वारा</span> <span class='c2'>उत्कृष्ट विद्यार्थीलाई सम्मान</span>

विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विशेष सम्मान गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । सोही अवसरमा कलेजले ११ र कक्षा १२ मा पूर्ण छात्रवृत्ति र आंशिक छात्रवृत्तिसहित नगद तथा प्रमाण पत्र पनि प्रदान गरिएको छ । कक्षा ११ को वार्षिक परीक्षामा प्रथम द्धितीय र तृतीय हुने विद्र्याीहरुलाई पनि सम्मान गरिएको छ । यसर विज्ञान सङ्कायतर्फबाट प्रथम हुने राजनारायण महतो, द्धितय विजय यादव र तृतीय करुणा कुमारी साहलाई सम्मान गरिएको छ । त्यसैगरी व्यवस्थापन सङ्कायबाट अर्पण सिवा, सरिता कुमारी साह र प्रिज्मा दाहाललाई सम्मान गरियो । होटेल व्यवस्थापन सङ्कायतर्फबाट कोशिका कोइराला, असिन अधिकारी र क्रिश्चल घिमिरेलाई पूर्ण छात्रवृत्ति सहित मेडिकल, इन्जिनियरिङ्ग, सिम्याट लगायतका पुस्तक र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

प्रथम त्रैमासिक परीक्षामा कक्षा १२ तर्फ विज्ञान सङ्कायबाट प्रथम, द्धितीय र तृतीय हुने विद्यर्थीहरुलाई पनि सम्मान गरिएको छ । जसमा राज नारायण महतो, प्रिन्सन क्षेष्ठ, र विजय यादव, व्यवस्थापन सङ्कायतर्फ निशिका खरेल, प्रिज्मा दाहाल र आयुष्मा थापा, होटेल व्यवस्थापन तर्फ असिन अधिकारी, सुभम झा र एलिसा कार्कीलाई सम्मान गरिएको छ ।

त्यस्तैगरी मेडिकल/इन्जिनियरिङ् मक टेस्टमा प्रथम हुने राजनारायण महतो, दित्तीय हुने करुणा कुमारी साह र तृत्तीय हुने विजय यादवलाई पनि सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा कलेजका अध्यक्ष खुशीराज क्षेष्ठ, प्राचार्य भुवन नेपाल, कोअर्डिनेटरद्धय हिमालय बराल र रोशन राजवंशी, निर्देशकहरु डा.जनक अधिकारी, कृष्ण भण्डारी, सन्तोष कुमार भगत, प्रदीप कुमार दास, जे.वी मगर, जयनाथ यादव, विष्णु दाहाल, शंकर काफ्ले देवीलाल महतो, श्यामनारायण शाह, धिजनवावु काफ्ले, विवेक आचार्य लगायत शिक्षक शिक्षिकाहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्