आरोहरण गुरुकुलमा झ माने झन्डा

<span class='c1'>आरोहरण गुरुकुलमा झ</span> <span class='c2'>माने झन्डा</span>

प्रेम देवान
विराटनगर १६ माघ । आरोहण गुरुकुल विराटनगरमा ‘झ माने झण्डा’ नाटक मञ्चन भएको छ ।
आरोहण गुरुकुलको आयोजनामा विराटनगर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १५ गते देखी मञ्चन भएको हो ।
नाटक युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेका हुन् । दैनिक अपराह्न साढे ४ बजे नाटक मञ्चन हुने गरेको छ ।
नाटकमा वर्तमान नेपाली समाजको प्रवृत्ति र देशकाललाई मूल विषय बनाइएको निर्देशक कामतले बताए । युवा नाट्यकर्मी भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, अशोक गौतम, गीता कोइराला, निदेश आचार्य, कौशिला कामत, सुवास विष्ट, अंकिता विश्वास, मनिषा मिश्र लगायत कलाकारले नाटकमा अभिनय गरेका छन् ।
नाटकमा प्रकाश तथा ध्वनि परिचालन सागर विश्वासले गरेका छन् । नाटकको टिकट दर एक सय र दुई सय रुपैयाँ रहेको छ। विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। नाटक आगमी माघ २३ गतेसम्म चल्ने कलाकार अशोक गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्