हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेल नतिजा

<span class='c1'>हिसान स्पोर्टस् मिट अन्तरगत</span> <span class='c2'>बुधबारको खेल नतिजा</span>

विराटनगर÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेलमा क्रिकेटमा कान्तिपुर र अर्किड, फुटबलमा ग्रिनल्याण्ड, कोबास, अन्नपूर्ण र मेरिल्याण्ड विजयी भएका छन् ।
वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा कान्तिपुर कलेजले लर्डबुद्ध कलेजलाई ९ विकेट पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेर व्याटिङ गरेको लर्डबुद्धले खराव प्रकाश १४ ओभरमा छोट्याएको खेलमा ८ ओभरमा सबै विकेट गुमाई ३७ रनमा सिमित भयो । कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । कान्तिपुरका म्यान अफ द म्याच हिमांशु मण्डल २ ओभरमा ७ रन दिएर ह्याट्रिक सहित ५ विकेट लिए ।
जवाफमा ३८ रनको झिनो विजयी लक्ष्य पछ्याएको कान्तिपुरले ६ ओभरमा १ विकेट गुमाई लक्ष्य पार भेटाए । कान्तिपुरका रुपेश यादवले नटआउट १५ रनको योगदान दिए । लर्डबुद्धका दिपेश यादवले १ विकेट लिए ।
दोस्रो खेलमा अर्किड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ८१ रन बनाएको थियो । अरनिकोका दिपेन्द्र मण्डलले २१ रन बनाए । अर्किडका म्यान अफ द म्याच सुजित शर्माले ३ विकेट तथा सवल तिम्सिना र सिद्धार्थ त्रितालले २–२ विकेट लिएका थिए ।
जवाफमा ८२ रनको विजयी लक्ष्य पछ्याएको अर्किडले १२ दशमलब ४ बलमा ४ विकेट गुमाई विजयी लक्ष्य भेटाएको थियो । जसमा अर्किडका धिरज साहले नटआउट २८ रन बनाएका थिए । अरनिकोका सुलक्ष्य राय, सुभायु गिरी र सक्कल कोइरालाले १–१ विकेट लिएका थिए ।
यसैगरी डिपिएस स्कुलको खेल मैदानमा भएको फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले एभरेष्ट कलेजलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेको छ । ग्रिनल्याण्डका डाइस्टार म्यान अफ द म्याच विवेक गौतमले २ गोल तथा दोर्जे तामाङ, विवेक राई, प्रज्वल श्रेष्ठ, मदन बन्जारा र राजु थापामगर १–१ गोल गरे थिए ।
दोस्रो खेलमा कोबास कलेजले भान् कलेजलाई २–० को गोल अन्तरले पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेको छ । कोबासका डाइस्टार म्यान अफ द म्याच मेसी चौधरीले २ गोल गरेका थिए ।
तेस्रो खेलमा अन्नपूर्ण कजेज पथरीले मोर्डन एरा कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ को गोल अन्तरले पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलमा खेल टुङ्ग्याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
चौथो खेलमा मेरिल्याण्ड कलेजले शिक्षादीप कलेजलाई २–० को गोल अन्तरले पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेको छ । मेरिल्याण्डका डाइस्टार म्यान अफ द म्याच सन्तोष मारिक र विजय पोखरेलले १–१ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्