हिसान स्पोर्टस् मिट अन्तरगत बिहिबारको खेल नतिजा :

<span class='c1'>हिसान स्पोर्टस् मिट अन्तरगत</span> <span class='c2'>बिहिबारको खेल नतिजा :</span>

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बिहिबारको खेलमा क्रिकेटमा शिक्षादिप र मरिल्याण्ड, फुटबलमा, सिटी कोबास, अर्किड र कान्तिपुर तथा भलिबलमा ग्रिनल्याण्ड, मोर्डन एरा र रेडस्टार विजयी भएका छन् ।
वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेलमा शिक्षदिप कलेजले भानु कलेजलाई ९ विकेट पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको भानुले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ४ मा सबै विकेट गुमाई ५९ रनमा सिमित भयो । भानुका सन्जिर महतोले १६ रन बनाए । शिक्षदिपका म्यान अफ द म्याच अर्मत सिंहले ३ विकेट लिए ।
जवाफमा ६० रनको झिनो लक्ष्य पछ्याएको शिक्षादिपले ८ ओभरमा १ विकेट गुमाई लक्ष्य पार भेटायो । शिक्षदिपका एनकृष कार्कीले नटआउट २१ रनको योगदान दिए । भानुका विकाश हलुबाईले १ विकेट लिए ।
दोस्रो खेलमा मेरिल्याण्ड कलेजले कोबास कलेजलाई ८ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको कोबासले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८८ रनमा बनाउन सफल भयो । कोबासका कुनाल चौधरीले २२ रनको योगदान दिए । मेरिल्याण्डका अश्विन सिंहले २ विकेट लिए ।
जवाफमा ८९ रनको लक्ष्य पछ्याएको मेरिल्याण्डले ११ दशमलब २ बलमा २ विकेट गुमाई लक्ष्य भेटायो । मेरिल्याण्डका म्यान अफ द म्याच जयप्रकाश कामतले ३३ रनको योगदान दिए । कोबासका संजय शर्माले १ विकेट लिए । शुक्रबारको पहिलो सेमिफाइनल खेल अर्किड कलेज र मेरिल्याण्ड कलेज तथा दोस्रो खेल शिक्षादीप कलेज र कान्तिपुर कलेजबीच हुने खेल संयोजक निलम अधिकारीले बताए ।
त्यस्तै दिल्ली पब्लिक स्कुलको खेल मैदानमा भएको फुटबलको पहिलो खेलमा सिटी कलेजले अन्नपूर्ण कलेज पथरीलाई पेनाल्टी सुटआउटमा २–० को गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । डाइस्टार म्यान अफ द म्याच सिटीका गोलकिपर कमल बस्नेत घोषित भए ।
दोस्रो खेलमा कोबास कलेजले सिद्धार्थ कलेजलाई १–० को गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको एकमात्र गोल कोबासका मेसी चौधरीले गर्दै टिमलाई विजयी बनाए । डाइस्टार म्यान अफ द म्याच कोबासका कुलबहादुर मगर घोषित भए ।
तेस्रो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । अर्किडका डाइस्टार म्यान अफ द म्याच राम कामतले दुवै गोल गरेका थिए ।
चौथो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । डाइस्टार म्यान अफ द म्याच कान्तिपुरका गोलकिपर निशान्त थापामगर घोषित भए । शुक्रबारको पहिलो सेमिफाइनल खेल सिटी कलेल र अर्किड कलेज तथा दोस्रो खेल कोबास कलेज र कान्तिपुर कलेजबीच हुने खेल संयोजक दिपेश बास्तोलाले बताए ।
त्यस्तै दिल्ली पब्लिकको खेल मैदानमा भएको भलिबलको छात्रामा रेडस्टार कलेज पथरीले शिक्षादीप कलेजलाई २–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । छात्र भलिबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले कोबास कलेजलाई २–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा मोर्डन एरा कलेजले एभरेष्ट कलेज पथरीलाई २–१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै कर्भडहलमा भएको टेबलटेनिसको टिम इभेन्टस छात्रतर्पm कान्तिपुर कलेजले दिल्ली पब्लिक कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । छात्रतर्पm अर्को खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । टिम इभेन्टसको छात्रातर्पm एभरेष्ट कलेजले शिक्षादीप कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । छात्रातर्पmकै अर्को खेलमा मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
छात्र एकलतर्पm अरनिकोका कोमल थापा, कान्तिपुरका सुरज साह र सुमन श्रेष्ठ, शिक्षादीपका सुमन राय विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही इभेन्टसमा छात्रातर्पm मेरिल्याण्ड कलेजकी सेजल अधिकारी, अरनिको कलेजकी मनिता दाहाल, ग्रिनल्याण्ड कलेजकी अनुपमा अधिकारी र एभरेष्ट कलेजकी सेलेसी देवकोटा विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्