विराटनगर-४ मा मोटरसाइकलको ठक्करबाट साईकलयात्री घाइते

<span class='c1'>विराटनगर-४ मा मोटरसाइकलको</span> <span class='c2'>ठक्करबाट साईकलयात्री घाइते</span>

मोरङको विराटनगर-४ स्थित भित्री सडक खण्डमा को ५ प १८२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँका १४ बर्षिय अंसु ढुंगेल घाइते भएका छन्।

घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कर्यालय मोरङले नियन्त्रणमा लिएको छ।

यता मोरङकै बैजनाथपुर-२ मा मे १ त ११३५ नम्बरको ट्याक्टरले को ५ प ६१०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक भौडाहा-७ बस्ने ३५ बर्षिय प्रलाद चौधरी घाईते भएका छन्।

उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजीकार्य भइरहेको अस्थायी प्रहरी पोष्ट घिनाघाटले जनाएको छ। त्यस्तै मोरङको सुन्दरदुलारी-७ मा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँकी अन्दाजी ४५ बर्षिया रेणुका बस्नेत घाइते भएकी छिन्।

उनको सामुदयिक अस्पताल इटहरीमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्