माया, सम्मान र हेरचाह नै ज्येष्ठ नागरिकको संरक्षण

<span class='c1'>माया, सम्मान र हेरचाह</span> <span class='c2'>नै ज्येष्ठ नागरिकको संरक्षण</span>

माघ २२ । विराटनगर
एक कार्यक्रमका वक्ताहरुले बुढौली हुदै जादाँ उनीहरुको संरक्षणको लागि माया, सम्मान र हेरचाह खाँचो रहेको औलाएका छन् । ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशिल आधादर्जन संघ संस्थाका ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिकहरुको हेरचाहा र पालपोषण गरिरहेका परिवारहरुका सदस्यहरु गरि जम्मा ६० जनाको सहभागिता रहेको थियो ।
नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरद्धारा एकदिने ज्येष्ठ नागरिकहरुको संरक्षण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको थियो । साधारण सूचनाबाट पनि बन्चित भएका कारण ज्येष्ठ नागरिकहरुले पाउने सेवा तथा न्यायमा पहुँच हुन नसकेको औलाएका थिए ।
प्रशिक्षक प्रकाश पोख्रेलले जेष्ठ नागरिकहरुलको संख्या धेरै भएकाले उनीहरुले राज्यका निर्णायक तहमा प्रभाव पार्न सक्ने बताए । निर्वाचनमा आफुले चाहेको जस्तो परिणाम ल्याउन सक्ने भन्दै त्यसका लागि जेष्ठ नागरिकहरुविच एकताको खाचो औल्याए । उनले उमेर बढेपनि विचारका रुपमा झन् सकृय हुनुपर्नेमा जोड दिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक शर्मिला श्रेष्ठले बृद्धावस्थामा आउने परिवर्तनहरुका बारेमा जानकारी दिदै, बृद्धबृद्धा आफैले अपनाउनुपर्ने सजगता तथा परिवारले गर्नुपर्ने हेरचाहका बारेमा जानकारी दिएकी थिइन । त्यस्तै प्राध्यापक डाक्टर भेषप्रसाद धमलाले रिटायर्ड जीवनलाई कसरी उपयोगी तथा खुसी बनाउन सकिन्छ भन्नेबारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सन् २०११ को जनगणना अनुसार नेपालमा ८.१ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिकहरुको रहेको तथ्यांक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्