एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर , फाइनल माघ २९ मा हुने

<span class='c1'>एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर</span> <span class='c2'>, फाइनल माघ २९ मा हुने</span>

बिराटनगर माघ २४ ,
विराटनगर १४ स्थित एम्स कलेजले बिगतका बर्षहरु झै यस बर्षपनि "अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर" ( सिजन टु प्रतियोगिता शुरु गरेको छ । नयाँ भर्ना भएका विद्यार्थीहरुको प्रतिभाको खोज गर्ने लक्ष्य राखेर शुरु गरिएको यो कार्यक्रमको अडिसन राउण्ड यही माघ १७ सम्पन्न भएको हो । कार्यक्रममा यस वर्ष भर्ना भएका विद्यार्थीहरु मध्येबाट १४८ विद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेज प्रमुख सि.एम. बस्नेत, शिक्षक रवि कुमार गुप्ता र नृत्य तथा गायन प्रशिक्षक राम संगम राउत, पुर्व क्याम्पस प्रमुख सिताराम चौलागाइं, संयोजक नवराज अधिकारी, चन्दन चौधरी र २०१६ कि मिस फ्रसर रोनीना श्रेष्ठ निर्णायक बसेर गरिएको विभिन्न चरणहरु पार गर्दै छानिएका १४ जना विद्यार्थीहरु अब ट्यालेन्ट राउण्डमा प्रवेश गरेका हुन् । प्रतियोगिताका विभिन्न तहहरु पार गर्दै यहि माघ २९ गते , विराटनगर हाटखोलामा अवस्थित गुरुकुल नाटकघरमा सम्पन्न गराईने फाइनल राउण्डमा ५ छात्रा र ५ छात्र छानिनेछन् र ति १० जना प्रतियोगि बिच ट्यालेन्ट राउण्ड, आई क्यु राउण्ड र लोजिक राउण्ड गराएर एक छात्र मिस्टर फ्रेसर र छात्रा मिस फ्रेसर बन्नेछन् । ति दुवै फ्रेसरलाई छात्रावृत्तिको व्यवस्था रहेको जानकारी प्रमुख बस्नेतले बताउनु भयो । यो नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने नयाँ तरीका एम्स कलजले अपनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्