बिराटनगरमा युवाहरुद्वारा आत्महत्या बिरुद्ध सचेतना तथा श्रद्धाञ्जली कार्यक्रम

<span class='c1'>बिराटनगरमा युवाहरुद्वारा आत्महत्या बिरुद्ध</span> <span class='c2'>सचेतना तथा श्रद्धाञ्जली कार्यक्रम</span>

बिराटनगर माघ २४ ,

सामाजिक संजाल फेसबुकमा लोकप्रिय समुह "चटक" ले बिराटनगरमा शनिबार स्वर्गीय गायक यमबुद्ध (अनिल अधिकारी) को १३ औ पुण्यतिथि पारेर कार्यक्रम आयोजना गरेको छ । युवाहरुले बिराटनगरको महेन्द्र चोकमा भेला भएर स्वर्गीय अनिल अधिकारीको आत्माको चिरशान्तिको कामना साथै आत्महत्याको बिरुद्ध सचेतना कार्यक्रम गरेका हुन् । यमबुद्धको तस्बिर सहितको ब्यानरमा युवाहरुले श्रद्धाञ्जली दिनुका साथै मैनबत्ती बालेर उनको आत्माको शान्तिको कामना गरेका थिए । कार्यक्रममा युवाहरुले आत्महत्याको बाटो रोज्नु मूर्खतापूर्ण कदम रहेको र कसैलाई पनि आत्महत्याको बाटो नरोज्न सचेत पनि गराएको समुहका रोनक अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्