विराटनगरमा सम्पन्न क्यान प्रिमियर लिग २०२५ को उपाधि नेशनल टेक च्यालेन्जर्सलाई

<span class='c1'>विराटनगरमा सम्पन्न क्यान प्रिमियर लिग २०२५</span> <span class='c2'>को उपाधि नेशनल टेक च्यालेन्जर्सलाई</span>

विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मोरङको आयोजनामा भएको ingscreen र AUFIT क्यान प्रिमियर लिग २०२५ क्रिकेट प्रतियोगितामा नेशनल टेक च्यालेन्जर्सले उपाधि जितेको छ।

शनिबार विराटनगरको द स्पोर्ट्स हब मा भएको फाइनल खेलमा नेशनल टेक च्यालेन्जर्सले बिट्स टिमलाई पराजित गर्दै उपाधि जितेको हो।

दाहुवा टेक्नोलोजी (इओन टेक्नोलोजी)को in association, Nexon र HIKSEMI को सह-प्रायोजनमा आयोजित उक्त प्रतियोगितामा मोरङका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ७ टिमले सहभागिता जनाएका थिए।

विजेता टिमका कप्तान तथा नेशनल टेक वर्ल्डका संचालक समिर आलमले यस प्रतियोगिताले सूचना तथा सञ्चार प्रविधि व्यवसायीहरूबीच एकता कायम गर्न सहयोग पुर्‍याएको बताए। उनले टिमको उत्कृष्ट प्रदर्शन र सबै शुभचिन्तकहरूप्रति आभार व्यक्त गरे।

प्रतियोगितामा व्यक्तिगत उपलब्धितर्फ नेशनल टेक च्यालेन्जर्सका शकिब हकले उत्कृष्ट ब्याट्सम्यान र बिट्सका अरिहन्त बैदले उत्कृष्ट बलर घोषित भए। नेशनल टेक च्यालेन्जर्सका राहुल वर्माले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।

उक्त प्रतियोगितामा मोरङ क्षेत्रका ५० भन्दा बढी सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएका छन्।

उक्त कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथी कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रका उपाध्यक्ष सिर्जना श्रेष्ठ रहेका थिए। कार्यक्रमको संचालन समृद्धि चापागाईले गरेकी थिईन। कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथिको रुपमा युवा नेता वसिम आलमले विजेतालाई पुरस्कार राशी र ट्रफी वितरण गर्दै क्यान महासङ्घ मोरङले खेल र आइसिटीको अदभूत संगम क्यान प्रिमियर लिग गरेकोमा प्रशंसा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्