हक अधिकार स्थापित गराउन आदिवासि जनजाति एक हुनुपर्ने

<span class='c1'>हक अधिकार स्थापित गराउन आदिवासि</span> <span class='c2'>जनजाति  एक  हुनुपर्ने</span>

DSC_0901DSC_0939DSC_0902
प्रेम देवान

विराटनगर, २५ माघ । आदिवासी जनजातीहरुको आफनो हक अधिकार स्थापित गराउन संठगित भएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

मोरङ जिल्लामा ३ लाख ९६ हजार आदीवासि सामुदायका रहेको जिल्लामा एक एक जुट भएर नलाग्दा आफनो अधिकार स्थापित गराउन नसकेको भन्दै एक जुट भएर लाग्नुपर्नेमा उनीहरुले  जोड दिएका हुन ।

मोरङको बयरवन– ७ मा आयोजना गरिएको आई एलो  १६९ सम्बन्धी दुई दिने जनचेतना अभिवृद्धी तालिमकोे समापन कार्यक्रममा बोल्दै आदीवासि जनजाति महासंघ मोरङका अध्यक्ष मिलन कुमार राईले देशभरीको आदीवासीहरु संगठित हुन नसक्दा अधिकारी स्थापित गर्न नसकेको भन्दै संगठित हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले आदीवासी सामुदायका मानिसहरुको शैक्षिक स्तरलाई विकास गरी अगाडी बढाउनुपर्नेमा जोड दिए । शैक्षिक स्थर नहुँदा आदीवासि सामुदायका मानिस पछि परेको भन्दै आफनो शैक्षिक स्थरलाई अगाडी बढाएर उत्थान र विकासमा अगाडी बढनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा किरात राई योयाख्खाको केन्द्रीय सदस्य नविन राई, संघिय लिम्बुवान पार्टीको केन्द्रीय सदस्य बिवेक लिम्बु, नेपाली काग्रेस बयरवनको गाउँ पार्टीका योगेन्द्र दाहाललगायले तालिममा सिकेको ज्ञानलाई आफनो सामुदायमा बुझाउन जरुरी रहेको बताउनुभयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिममा बयरवन गाविस भरीमा रहेको जातिय संस्थाका ८० बढी अगुवाहरुको सहभागिता रहेको संस्थाको अध्यक्ष नारयण राईले जानकारी दिनुभयो । दुई दिने तालिमको  सहजीकरण आदिवासी मानवअधिकार प्रतिरक्षक गोपाल देवानले गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्