सिद्धार्थ शिशु सदनमा बाल मेला

<span class='c1'>सिद्धार्थ शिशु सदनमा</span> <span class='c2'>बाल मेला</span>

विराटनगर, २९ माघ ÷ विराटनगर– ६ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय स्कूलमा एक दिने बाल मेला सम्पन्न भएको छ ।
स्कूल परिसरमा शनिबार एक भब्य समारोह आयोजना गरि बाल मेला सम्पन्न गरिएको हो ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले बाल मेला आयोजना गरेको स्कूलका संस्थापक प्रिन्सिपल विद्यासागर शर्मा (रोबर्ट) ले जानकारी दिनुभयो । मेलामा हस्ताकलाको प्रदर्शनी, विज्ञान प्रदर्शनी, कम्प्यूटर प्रर्दशनी तथा खाद्य स्टलहरु रहेको थियो । त्यस्तै विद्यार्थी तथा सम्पूर्ण अभिभावकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रचनात्मक खेलहरु समेत महोत्सवमा समावेश गरिएको स्कूलका प्रशासकीय अधिकृत रुद्र बुढाथोकीले जानकारी दिनुभयो ।
मेलामा रहेको प्रदर्शनीहरु नर्सरी देखी कक्षा दशसम्म स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न ज्ञानवद्र्धक र रोचक सामाग्रीहरु बनाएर प्रदर्शनी स्थलमा राखिएको स्कूलले जनाएको छ । कार्यक्रमलाई थप रोचक बनाउन स्कूलमा अध्ययनरत विद्यार्थीहरुले सँस्कृति झल्किने पहिरनमा नृत्य, कविता, गीत, नाटक प्रस्तुत गरी सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

sidartha
प्रदर्शनीमा ३ सय ५० जना विद्यार्थीहरुले प्रदर्शनीमा सहभागीता जनाएको स्कूलले जनाएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको बताउँदै आएको स्कूलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न गतिविधिहरु प्रत्येक वर्ष आयोजना गर्दै आएको स्कूलले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्