मिस्टर फ्रेसर एण्ड मिस फ्रेसर’ प्रतियोगिताको उपाधी रणधोज र प्रश्रीतीलाई

<span class='c1'>मिस्टर फ्रेसर एण्ड मिस फ्रेसर’</span> <span class='c2'>प्रतियोगिताको उपाधी रणधोज र प्रश्रीतीलाई</span>

प्रेम देवान

विराटनगर, २९ माघ ÷ विराटनगर – १४ मा रहेको एम्स कलेजले आयोजना गरेर्को अ हन्ट फर मिस्टर फ्रेसर एण्ड मिस फ्रेसर’ प्रतियोगिताको उपाधी रणधोज लावती र प्रश्रीती वस्तीले उपाधी जितेका छन् ।

विराटनगरको आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको प्रतियोगिताको मिस्टर फ्रेसरको फस्ट रनरअफ सुजन राई भए भने सेकेण्ड रनरअफ निश्चल खतिवडा भए । त्यस्तै मिस फ्रेसरको फस्ट रनरअफ एलिना शेर्पा भइन भने सकेण्ड रनरअफ जुनु चौधरी भइन् ।

विजेताहरुले प्रतिव्यक्ति ४० हजार बरावरको छात्रवृतिको साथै ट्रफि सहित प्रमाण पत्र प्राप्त गरका छन् ।
प्रतियोगिताको बिजेता हुनेलाई दाहाल प्रतिष्ठानले छात्रवृती रकम संयोजन गरिदिएको हो ।
प्रतियोगिताको फाइनलमा १० जना प्रतियोगिहरुको सहभागिता रहेको थियो उनीहरुलाई मोडल अमर ल्हायो मगर राकेश लिम्बुले कोरीयोग्राफर गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा मोरङ क्याम्पसको प्रध्यापक विशाल श्रेष्ठ, गौरदह जेसीजको निर्वतमान अध्यक्ष बद्री कार्की, लियो क्लबका निर्देशक रीता तिम्सिना रहनुभएको थियो ।
प्रतियोगिताको बिजेता हुनेहरुलाई कलेजका अध्यक्ष तुलसी पोखरेल, कलेज प्रमुख सि.एम. बस्नेत लगायले पुरस्कार वितरण गर्नुभएको थियो । कलेजले गत वर्षदेखी नयाँ आएका विद्यार्थीलाई स्वागत गर्ने उद्देश्यले फरक प्रतिस्पर्धात्मक शैलिको कार्यक्रम आयोजना गर्दै आएको छ । विगत लामो समयदेखी गुणस्तरीय शिक्षा प्रतिबद्ध एम्स कलेजले अतिरिक्त क्रियाकलापहरु सँगै अध्ययनमा उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्