बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको पहिलो डिबेट प्रतियोगिता हुदै

<span class='c1'>बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको पहिलो</span> <span class='c2'>डिबेट प्रतियोगिता हुदै</span>

 

फाल्गुन ३, बिराटनगर

केही समय यता बिराटनगरमा बेद्दिक साथै नयाँ खाल्का कार्यक्रमहरु हुने क्रम जारी छ। यसै क्रममा बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिता हुने भएको छ । "हामी युवा" र "बिराटनगरी" नामक संस्थाको आयोजना र "हिसान मोरङ"को सहकार्यमा यस प्रतियोगिता आयोजना हुन लागेको हो । बिराटनगरलाई कार्य क्षेत्र बनाएर गरिएको यस कार्यक्रमलाई 'बिराटनगर डिबेट च्यामपेनसिप' नाम दिइएको छ भने यस प्रतियोगितामा बिराटनगरका पल्स टु कलेजका बिद्यार्थीहरु सहभागी हुनेछन्।

वल्ड स्कुल डिबेड फरम्याटमा संचालन हुने यस प्रतियोगिता तिन-तिन जनाको समुहरु बिच खेलिने छ । यहि फाल्गुन ५ देखी ८ सम्म चल्ने यस प्रतियोगितालाई आयोजकले दुई भागमा बिभाजन गरेका छन । दुई दिन अर्थात ५ र ६ गते बिद्यार्थीहरुलाई तालिम प्रदान गरिनेछ भने ७ र ८ गते प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको तालिम एम्स कलेज बिराटनगरमा हुन भएको छ साथै फाईनल बिरेन्द्र सभागृहमा हुने आयोजक 'हामी युवाका' संस्थापक सबिन दाहालले जानकारी दिए । ४ दिन सम्म चल्ने यस प्रतियोगितामा तालिमका लागि अन्तराष्ट्रिय स्थरको प्रतियोगिताहरुमा भाग र तालिम लिइसकेका १० जनाको टोली काठमान्डौबाट बिराटनगर आऊदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्