मिस कोशी विवादमा , बिजेता बनाउन पैसा मागेको आरोप

<span class='c1'>मिस कोशी विवादमा , बिजेता</span> <span class='c2'>बनाउन पैसा मागेको आरोप</span>

बिराटनगर फाल्गुन १० ,

विराटनगरमा संचालन भएको मिस कोशी २०१७ को संस्करण अहिले ठुलो विवादमा मुछिएको छ । गत फागुन ७ गते भएको फाइनलमा मिस कोशीमा पैसा दिए विजेता बनाइदिने भन्दै आयोजकले प्रतिस्पर्दीहरु संग रकम मागेको आरोप प्रतिस्पर्दीहरुले लगाएका छन् ।

बिराटनगर कै जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा भएको सो प्रतियोगिताको बिजेता तथा अन्य उपाधि जिताउन रकम मागिएकोले प्रतिष्पर्धामा सहभागीहरुले प्रशासन कार्यालयमा पत्र पठाएका छन् ।

उक्त प्रतियोगितामा सहभागी हुन काठमाण्डौबाट विराटनगर आएकी प्रतिष्पर्धी रिया चन्दले आफुलाई उपाधि जिताउन १० लाख रुपैया मागिएको खुलासा गरेकी छिन । उनका अनुसार प्रतियोगितामा बिजेता बनाउन ५,७ र १० लाख बिभिन्न प्रतियोगीसंग मागिएको थियो । रियाले आयोजकका कर्मचारी अविजित बुढाथोकीले पटक पटक रकम मागेको दावी गरिन् ।

प्रतियोगीहरुले  सोमबार सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका थिए  । उनीहरुले  हजार रुपैया दरको टिकट प्रति प्रतिष्पर्धी १० वटा बिक्री गर्न दवाव दिएको, बिभिन्न बहानामा रकम मागेको लगायतका आरोप लगाएका छन् । यस्तै फाल्गुन ७ को फाइनल प्रतिस्पर्दामा बिगतका बिजेताहरु पनि नगएको र बिजेता क्राउन पनि गत बर्षको बिजेताले यस बर्षको बिजेतालाई लगाइदिनु पर्ने भएपनि लगाएकी थिइन् ।

आवर बिराटनगरले जय मिडियाका सञ्चालक जय रोय संग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्