बिराटनगर फाल्गुन ११ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवा विभागले सबै सरकारी अस्पतालले आफ्नो फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशिका २०७२ जारी गरेपछि मंगलबारदेखि अस्पतालले आफ्नो फार्मेसी सुरु गरेको हो । फार्मेसीमा २ सय ५० प्रकारको अौषधि रहेको र बजारभन्दा १० देखि १५ प्रतिशत सस्तोमा अौषधि उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले बताए । अस्पतालको प्रशासनिक भवनको पूर्वपटिको कोठामा फार्मेसी सुरु गरिएको छ ।