सुन चाँदी पसल चोरी गर्ने योजना बनाएका ४ जना व्यक्ति पक्राउ

<span class='c1'>सुन चाँदी पसल चोरी गर्ने योजना</span> <span class='c2'>बनाएका ४ जना व्यक्ति पक्राउ</span>

सिरहा । लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

लहान नगरपालिका वडा नं. ७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी ४५ बर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका वडा नं. २२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले लहान नगरपालिका वडा नं. ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यस घटनामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्