अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप

<span class='c1'>अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले</span> <span class='c2'>निर्देशन दिएको सांसद नेपालीको आरोप</span>

काठमाडौं । राष्ट्रिय स्तन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएता पनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तिको दात जस्तै दोहोरो चरित्र देखाएको बताएका हुन् ।

उनले भने, ‘मलाई यो सरकार हात्तिको दात जस्तै लाग्न थालेको छ । देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि ? के प्रेम गर्नु अपराध हो ? सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ । अन्तरजातिय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनिहारको विवाह दर्ता भइसकेको पनि जबरजस्ती तोड्न गृहमन्त्री कै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भिर छ । सरकारले जवाफ दिनुपर्छ ।’साथै उनले अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरुपयोग गरेको पनि उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्