काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
दुई वटा विधेयकहरु पेस भएर बिहीबारको बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन् भने शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस भएको छ ।