कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै

<span class='c1'>कोशी प्रदेश खेलकुद विकास</span> <span class='c2'>बोर्डले खेलकुद महोत्सव गर्दै</span>

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव - २०८१ आयोजना गर्ने भएको छ।

आज(शुक्रबार) विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा बोर्डले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले बताउनुभयो ।

बस्नेतले खेल महोत्सव आयोजना गर्न बोर्ड बैठकले सामाजिक विकास मन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको जानकारी दिनुभयो।

बस्नेतका अनुसार खेल महोत्सव अन्तर्गत बोर्डले प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , महिला तथा पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता आयोजना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्