अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

<span class='c1'>अवैध क्रसर सञ्चालनमा रोक</span> <span class='c2'>लगाउन सांसद दाहालको माग</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सुरु भएका क्रसरहरुलाई सदनबाट रुलिङ् गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले क्रसरहरुले फोहोर खोलामा फालेको कारण पर्यटकीय हबहरु उजाड भएको भन्दै यसको रोक लगाउन सरकारलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘रोसीबाट पानीभन्दा बढी लेदो बगेको छ । क्रसरहरु हुन् जसले फोहोर खोलामा फाल्ने गरेको छ । यसले गर्दा मूलकोट, नेपालथोक र खुरकोटलगायतका पर्यटकीय हबहरु अहिले उजाड भएका छन् । बस्तीवीहिन हुने अवस्था सिर्जना भएको छ । तसर्थ अवैध क्रसर सञ्चालनमा रोक लगाउने र सुरु भएका अवैध क्रसरहरुलाई यहीबाट रुलिङ् गर्न अनुरोध गर्दछु ।’

यसको साथै, उनले अबिरल वर्षा र त्यसबाट सिर्जित बाढी पहिरो गएको ठाउँमा राहत र पुनस्थापना गर्ने विषयमा संघीय सरकारको उपस्थिती नदेखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्