अब मोरङको रंगेलीबाट राहदानी सेवा

<span class='c1'>अब मोरङको रंगेलीबाट</span> <span class='c2'>राहदानी सेवा</span>

विराटनगर । मोरङको रंगेलीमा पनि राहदानी सेवा विस्तार गरिएको छ । इलाका प्रशासन कार्यालय रंगेलीबाट त्यस क्षेत्रका सेवाग्राही केन्द्रीत गरेर बिद्युतीय राहदानी सेवा विस्तार गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबारदेखि राहदानी विवरण भराउन जिल्ला प्रशासन कार्यालयमा आउनु नपर्ने गरी सेवा विस्तार गरिएको जानकारी दिएका छन् । उनका अनुसार इलाका प्रशासन कार्यालय रंगेलीको राजस्व कोडमा जम्मा हुनेगरी कृषि विकास बैंक रंगेलीको खातामा रकम जम्मा गरेर अनलाइन राहदावी विवरण भराउन पाउने सुविधा सुरु गरिएको छ ।

इलाका प्रशासन कार्यालय रंगलीबाट रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका र रगेली नगरपालिकासहित धनपालथान गाउँपालिका २, ३ र ४ नम्बर वडा तथा कानेपोखरी गाउँपालिकाको १ नम्बर वडा (साविक होक्लाबारी गाविस)का वासिन्दालाई सेवा दिदैं आएको छ । इलका प्रशासन कार्यालय रंगेलीका शाखा अधिकृत निर्मलकुमार खतिवडाले विवरण भराउने कार्य सुरु भएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना सार्वजानिक गरेर राहदानी सेवा विस्तारको बारेमा जानकारी समेत दिइएको छ । प्रशासन कार्यालयले शुक्रबार नै सार्वजानिक सूचनामार्फत सेवा सुचारु हुने कुरा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्