एचपीभी खोप अनिवार्य लगाउन क्यान्सर रोग विशेषज्ञको सुझाव

<span class='c1'>एचपीभी खोप अनिवार्य लगाउन</span> <span class='c2'>क्यान्सर रोग विशेषज्ञको सुझाव</span>

इशु पन्त
विराटनगरसहित देशभर अहिले पाठेघर मुखको क्यान्सर बिरुद्द खोप अभियान जारी छ । कतिजना अभिभावक तथा लगाउने किशोरीलाई खोप लगाउँदा के हुन्छ , यसको महत्त्व थाहा नपाएर वेवास्ता समेत गर्ने गरेको पाइन्छ । गाउँमा भन्दा शहरमा झन् यसको महत्व बुझेर पनि अटेर गर्नेहरुको संख्या धेरै छ । तर, चिकित्सकहरुले भने भुलेर पनि खोप लगाउने कार्यक्रमबाट बन्चित नहुनका लागि सुझाव दिएका छन् ।

विराट मेडिकल एण्ड टिचिङ अस्पतालका क्यान्सर रोग विशेषज्ञ अस्मिता रायमाझीले ह्युमन प्यापिलोमा भाइरस एचपीभी अनिवार्य लगाउन सुझाव दिएकी छिन् । शारीरिक सम्पर्कबाट आफ्नो पार्टनरबाट सर्ने वा आफैंमा यो भाइरस देखिन सक्ने भएकाले खोपले भाइरसबाट जोगाउने उनको भनाई छ। खोप लगाउनु नै हुदैन भन्ने छैन, बाहिर जति अफबाह फैलिए पनि यसले क्यान्सर हुनुबाट जोगाउँछ, उनले भनिन्–नेपालमा दादुराको खोप लगाउनै पर्ने भए झैँ विकसित मुलुकमा सानैमा एचपीभी खोप अनिवार्य छ, यसैले पाठेघरको क्यान्सर पनि न्यूनीकरण भएको छ ।

नेपालमा खोपको कच्चा पदार्थ र जनशक्तिको कमीले पछाडि परेको कारण, अहिले महिलामा धेरै प्रभावित भई दोस्रो स्थानमा परेको उनको भनाई छ । नेपाल सरकारले पाठेघर मुख क्यान्सरबाट जोगिन यो अभियान थाल्नुले धेरैलाई लाभ हुने डाक्टर रायमाझीको धारणा छ । त्यसैले पनि खोप अनिवार्य लगाउनुपर्नेमा उनले सबैसँग आग्रह गरेकी छिन् ।

पाठेघरको मुखको क्यान्सरबाट आफू सुरक्षित भएको सहानुभूति पनि हुन्छ। धेरै पार्टनरसंग शारीरिक सम्पर्क राख्ने , सेतो पानी बग्ने, रक्तस्राव हुने, बढी शारीरिक सम्पर्क हुनेलगायतले भाइरस फैलाउछ । यस भाइरसको किशोरी अवस्थामा लगाउदा झन् प्रभावकारी हुनेछ। खोप लगाउँदा कुनै त्यस्ता लक्ष्ण देखा पर्दैन। तर खोप लगाउने समय मात्रै थोरै ढुक्ने भएकाले सबै बालिकालाई लगाउनुपर्ने सुझाब छ । क्यान्सर रोग आफैमा जटिल भएको कारण रोग बिरुद्धको खोप सरकारले दिएको बेला लगाउनु पर्ने उनले सबैसँग आग्रह गरिन् ।

साथै कम कच्चा पदार्थ भएको कारण सरकारले बढी प्रभावकारी हुने उमेर समूहलाइ तोकेर खोप उपलब्ध गराएको उनको भनाई छ । तर, १४ वर्ष नागेका किशोरीले समेत यो खोप लगाउन सक्छन् । विराट मेडिकल कलेज एंड टिचिंग अस्पतालले समेत खोप उपलब्ध गराउँदै आएको छ।

अस्पतालमा अहिले ३० बर्ष देखि ८० बर्ष उमेर समुहका महिलाहरु पाठेघरको मुख क्यान्सर रोगीहरु आउने गरेका छन् । जसले गर्दा यो खोप लगाएमा ९५ प्रतिशत पाठेघर मुखको क्यान्सरवबाट जोगिन सकिने विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखाका खोप फोकल पर्सन यादव गौतम बताउछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्