विराटनगरमा भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न

<span class='c1'>विराटनगरमा भेट्रान्स तथा खुल्ला</span> <span class='c2'>टेबल टेनिस प्रतियोगिता सम्पन्न</span>

विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनामा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने "भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१" सम्पन्न भएको छ।

प्रतियोगितामा ४० वर्ष भन्दामाथिका भेट्रान्स एकल, महिला एकल र ओपन डबल्स गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। महिला एकलतर्फ मन्जु भगतले स्वर्ण पदक जित्दा रिन्की धनावतले रजत र अनुपमा चापागाई तथा दिपिका पारखले संयुक्त रूपमा कास्य पदक हात पारे।

४०वर्ष भन्दामाथिका भेट्रान्स एकलतर्फ बिकेन थापाले प्रथम स्थान हासिल गरे भने राजेश भट्टराई द्वितीय र सरोज पौडेल एवं विवेक अग्रवाल संयुक्त रूपमा तृतीय भए। ओपन डबल्सतर्फ बिकेन थापा र चन्दन ठाकुरको जोडीले स्वर्ण, राजेश भट्टराई र विवेक अग्रवालको जोडीले रजत तथा अभिमान सिंह बस्नेत र सन्तोष प्रधानको जोडी एवं उपकार श्रेष्ठ र सरोज पौडेलको जोडीले संयुक्त रूपमा कास्य पदक जिते।

समापन तथा पुरस्कार वितरण समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष अनुज बानिया र विराटनगर टेबल टेनिस क्लबका उपाध्यक्ष विशाल केडियाको पनि उपस्थितिमा विजयी खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्